नियम १८
आशयपत्र फिर्ता, संशोधन वा पुन
सूचना प्रकाशन गर्नेः (१) कुनै निवेदकले पेश गरेको आशयपत्र फिर्ता पाउँ भनी सम्बन्धित निकाय ससक्ष निवेदन दिएमा वा सम्बन्धित निकायले त्यसरी पेश भएको आशयपत्र फिर्ता गर्न आवश्यक देखेमा सोको कारण खुलाई निजले पेश गरेको आशयपत्र र सोसँग सम्बन्धित कागजात सम्बन्धित निवेदकलाई फिर्ता गर्न सक्नेछ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विद्युतीय माध्यमबाट पेश भएको आशयपत्र फिर्ता गर्नु पर्ने छैन।
तर त्यस्तो अवस्थामा आशयपत्र रद्द भएको जानकारी सम्बन्धित निवेदकलाई गराउनु पर्नेछ ।
(३) कुनै कारणवश आशयपत्र वा सोसँग सम्बन्धित कागजातमा संशोधन गर्नु पर्ने भएमा सम्बन्धित निकायले त्यसरी संशोधन भएको व्यहोराको सूचना प्रकाशन गरी आवश्यकता अनुसार आशयपत्र पेश गर्ने म्याद थप गर्न सक्नेछ ।